FAQs Complain Problems

फोटो ग्यालरी

सोलुदुधकुण्ड नगरपालिका नगरसभाको चौधौं अधिवेशन सम्पन्न भएको छ । यस अवसरमा चालु आर्थिक वर्षमा सबभन्दा बढी राजश्व संकलन गर्ने ६ नम्बर वडा कार्यालयलाई पुरस्कार प्रदान गर्नुका साथै नगरपालिकाबाट एस ई ई २०८० मा सहभागी भई नगरस्तरमा प्रथम दोश्रो र तेस्रो हुने विधार्थी तथा जिल्लास्तरमा तेश्रो हुने विधालयलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

, , , , , , , , ,

सोलुदुधकुण्ड नगरपालिका क्षेत्र भित्रका कृषक, कृषक समूह/समिति/ कृषि सहकारी संस्था, कृषि व्यवसायिक फर्म/व्यवसायीहरुलाई मिति २०८१/०३/२३ गते निःशुल्क बहुवर्षीय घाँसको बेर्ना/सेट्स वितरण गरिएको छ ।

, , ,

आज मिति २०८१/३/२१ गतेका दिन सोलुदुधकुण्ड नगरपालिका र कृषकको लागत साझेदारीमा चौरी प्रवर्द्धन कार्यक्रम गर्ने उद्देश्यले विभिन्न सामग्री वितरण गरिएको छ । नगर प्रमुख श्री नाम्गेल जाङ्बु शेर्पाज्यूको अध्यक्षतामा संचालित कार्यक्रममा नगरपालिका क्षेत्रका ४४ कृषकहरुलाई सोलार, त्रिपाल, लगायतका सामग्रीहरु वितरण गरिएको छ ।

, , , ,

सोलुदुधकुण्ड नगरपालिकाको नगरसभाको १४ औ अधिवेशन आज सुरु भएको छ । सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक र सोलुदुधकुण्ड नगरपालिकाको सार्वजनिक निजि साझेदारी विधेयक प्रस्तुत गरिएको छ । आगामी आर्थिक वर्षको लागि ६७ करोडको बजेट प्रस्तुत गर्नुका साथै नगरपालिकाले पहिलो कार्यकालमा हासिल गरेको मुख्य मुख्य उपलब्धिको दस्तावेज सोलुदुधकुण्ड नगरपालिकाको पाँच वर्ष नामक पुस्तकको समेत सार्वजनिक गरिएको छ ।

, , , , ,

मितिः२०८१।०२।२९ गते

सोलुदुधकुण्ड नगरपालिकाको नगर प्रमुख श्री नाम्गेल जाङ्बु शेर्पा , प्रमुख प्रशासकीय अधिकृत श्री कोपिला राई लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थितमा कार्यालयको Staff meeting सम्पन्न भएको छ । वैठकमा यस आर्थिक वर्ष २०८०।८१ को कार्यक्रम, योजनाको संचालन तथा अन्य समसामयिक, विविध विषयमा छलफल गरिएको छ ।

, ,

मिति २०८०१।०२।२५ गते

सोलुदुधकुण्ड नगरपालिका अन्तर्गतका मुख्य सडक पत्ताले बजार देखि फाप्लु बजार सम्म अव्यवस्थित तरिकाले राखिएको निर्माण सामाग्रीहरु हटाउन नगर प्रहरी लगायतको टोलि द्वारा अनुगमन । साथै नगरपालिकाले निषेधित गरिएको सामाग्रीको अनुगमन गरि तिङ्ला बजारबाट ८ के,जि प्लास्टिक जफत गरिएको छ।

, , ,

Pages