FAQs Complain Problems

सोलुदुधकुण्ड नगरपालिका वडा नं. ८ को प्रशासनिक भवन निर्मणको लागि नगर प्रमुख श्री नाम्गेल जाङबु शेर्पाज्यूको प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम सम्पन्न

आज मिति २०८१/५/३० गतेका दिन सोलुदुधकुण्ड नगरपालिका वडा नं. ८ को प्रशासनिक भवन निर्मणको लागि नगर प्रमुख श्री नाम्गेल जाङबु शेर्पाज्यूको प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । ८ नं. वडा अध्यक्ष श्री पासाङ कटुवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर उपप्रमुख गान्धी माया तामाङ,  ७ नं. वडा अध्यक्ष  श्री सोनाम ग्याल्जेन शेर्पा, कार्यपालिका सदस्य श्री कुलध्वज घर्तिमगर, कार्यपालिका सदस्य श्री आङ काजी शेर्पा, ८ नं. वडाका वडा सदस्यज्युहरु लगायत  पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । वडाको भवन निर्माणको लागि ग्रीनतारा कन्ट्रक्सनले भ्याटसहित १ करोड १३ लाख ५४ हजार लागतमा निर्माण गर्ने भएको छ। योजनाको सम्झौता मिति २०८१ साल साउन १९ गते भई सम्पन्न गर्ने मिति २०८२ जेठ ३० गते रहेको छ।