FAQs Complain Problems

अपडेट

सोलुदुधकुण्ड नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्यको सम्झौता सम्पन्न भई सम्झौतापत्र निर्माण व्यवसायी RCH-PR-HB JV काठमाण्डौ महानगरपालिका वडा नं. ३२ लाई हस्तान्तरण गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्यको सम्झौता सम्पन्न भई सम्झौतापत्र निर्माण व्यवसायी RCH-PR-HB JV काठमाण्डौ महानगरपालिका वडा नं. ३२ लाई हस्तान्तरण गरिएको छ । प्रशासनिक भवन निर्माण गर्न नगरपालिकाबाट स्वीकृत लागत अनुमान रु १० करोड ६६ लाख ८० हजार ४ सय ५७ मा बोलपत्रदाताले ३१.२७% न्यून कबुल गरी रु ६ करोड २६ लाख ४१ हजार ५ सय ८६ बराबरको रकममा निर्माण कार्य गर्न सम्झौता भएको हो । उक्त योजना मिति २०८२।११।३० गते सम्पन्न हुने लक्ष्य राखिएको छ । सम्झौता पत्र हस्तान्तरण गर्दै नगर प्रमुख श्री नाम्गेल जाङ्बु शेर्पाज्यूले बोलपत्र कागजात र सम्झौतामा उल्लिखित शर्तहरुको पालना गर्दै समय अवधिभित्रै निर्माण कार्य सम्पन्न गर्न अनुरोध गर्नु भयो ।