सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सञ्चालनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) पोर्टलमा यस सोलुदुधकुण्ड नगरपालिकाबाट आ.व. २०८०/८१ मा सम्पादित कार्यहरुका तथ्याङ्कहरुको आधारमा स्वमूल्याङ्कन गरी प्राप्त गरेको प्रारम्भिक नतिजालाई पृष्ठपोषणको लागि जिल्ला समन्वय समिति सोलुखुम्बुमा पठाईएको र जि. स. स.बाट प्राप्त पृष्टपोषण सहित १०० पूर्णाङ्कमा यस नगरपालिकाले प्राप्त गरेको अङ्क ९७.७५ लाई मिति २०८१/०९/२९ गतेको नगर कार्यपालिका बैठकमा सूचकगत रुपमा छलफल गरी यथार्थ अङ्कभार निर्धारण गरी आ.व. २०८०/८१ को नतिजा प्रकाशन गरिएको छ।