FAQs Complain Problems

दोस्रो नगरसभाबाट पारित भएका निर्णयहरु ।।

मिति २०७५।०१।३१ गते भएको दोस्रो नगरसभाले गरेका पारित गरेका बजेट तथा कार्यक्रमसम्बन्धी निर्णयहरु

  • चालु खर्च शिर्षकको खर्च शिर्षक नं. २२३११ कार्यालय सम्बन्धी खर्च वडा कार्यालयमा विनियोजित बजेट रकम अनुसार १० वटै कार्यालयहरुलाई पहिलो किस्ता वापत रु २ लाखका दरले जम्मा रकम रु २० लाख पेश्की निकासा भएको तर वडा कार्यालयहरुले उक्त रकम विभिन्न शिर्षकमा खर्च गर्ने भएकोले उक्त खर्च शिर्षक परिवर्तन गरि खर्च शिर्षक नं. २२७११ विविध खर्चमा रकमान्तर गरिने र हाल संशोधित बजेट शिर्षक नं. २२७११ विविध खर्चमा नै  बाँकी बजेट रकम रु ३० लाख विनियोजन गर्ने ।
  • चालु खर्च शिर्षकमा प्रथम नगरसभाबाट बजेट रकम रु ५ करोड ७५ लाख विनियोजित भएको तर उक्त रकम आ व को अन्त्य सबै सम्ममा खर्च हुन सक्ने नदेखिएको । साथै, पुँजीगत खर्च शिर्षकमा आन्तरिक आय तथा राजश्व रकम अनुमान गरे अनुसार प्राप्त हुन नसकेको तथा प्रथम नगरसभामा घाटा बजेट समेत प्रस्तुत भएकोले चालु खर्च शिर्षकमा यस आ व मा खर्च हुन नसक्ने बजेट रकम रु २ करोड ८६ लाख २८ हजार ३५० लाई पूँजीगत खर्च शिर्षकमा रकमान्तर गर्ने ।
  • प्रथम नगरसभाबाट बजेट विनियोजन गर्दा एकमुष्ट रुपमा गरेको तर कुन खर्च समानीकरणबाट र कुन आन्तरिक तथा राजश्व शिर्षकबाट खर्च लेख्‍ने भनी समस्या भएकोले तपशिल बमोजिमका योजना तथा कार्यक्रमहरुलाई आम्दानीको शिर्षक अनुसार विनियोजन गर्ने । साथै, आन्तरिक आयमा गत वर्षको मौज्दात रकम, अन्य निकायबाट प्राप्त रकम, मालपोत राजश्व र आन्तरिक आयलाई समेत समावेश गर्ने ।
  •  
  • वितिय समानीकरणमा विनियोजित बजेट रकम रु १८९०७५००० (अनुसुची १ अनुसार)
  • आन्तरिक आय तर्फ विनियोजित बजेट तथा कार्यक्रम रकम रु ८५६५०००० (अनुसुची २ अनुसार)
  • प्रथम नगरसभाबाट विनियोजित पूँजीगत खर्चको बुँदा नं. ५ को ख गुम्बा शिक्षाको लागि विनियोजित बजेटबाट गुम्बाहरुमा कार्यरत शिक्षकहरुलाई तलब भत्ता खुवाउने कार्यका लागि खर्च गर्नु पर्ने हुँदा उक्त म्बाहरुमा कार्यरत शिक्षकहरुलाई तलब भत्ता खुवाउने कार्यका लागि खर्च गर्न
  • पूँजीगत खर्चको बुँदा नंखर्चलाई यसै चालु खर्च तर्फको खर्च शिर्षक नं. २२९११ भैपरी आउने चालु खर्चमा विनियोजत बजेट रकम रु १५ लाख मध्येबाट खर्च गर्ने ।
  • कार्यपालिकाको निर्णय तथा नगर प्रमुख ज्यू, उप प्रमुख ज्यु र कार्यालयको तर्फबाट भएका विभिन्न निर्णयहरुको अनुमोदन गर्ने ।

अनुसुची १


अनुसुची २

Supporting Documents: