FAQs Complain Problems

परिपत्र सबै वडा कार्यालयहरु ।।

मिति २०७४/१२/२० गते

विषयः–  सामाजिक सुरक्षा भत्ता एकीन गरि वितरण गर्ने सम्बन्धमा ।

श्री सबै वडा कार्यालय (११ वटा कार्यालयहरु),
सोलुदुधकण्ड नगरपालिका, सोलुखुम्बु ।

प्रस्तुत विषयमा यस सोलुदुधकुण्ड नगरपालिकाबाट ब.उ.शि.नं. ३६५०१५३ ज्येष्ठ नागरिक दीर्घ सेवा सम्मान सामाजिक सुरक्षा कार्यक्रममा प्राप्त हुन आएको बजेट रकम लाभग्राही स्वयंलाई नगदै प्रदान गर्ने भनी नगर कार्यपालिकाको निर्णय भएको व्यहोरा अवगतै छ । अतः उक्त निर्णय कार्यान्वयनका लागि प्रथम चौमासिक वापतको भत्ता रकम वितरण गर्दा लाभग्राहीहरुको यथार्थ विवरण MIS मा ईन्ट्री नभई कतिपय लाभग्राहीहरुको नाम छुटेको, नाम दोहोरिएको, दोहोरो सुविधा लिएको, मृत्यु भई सकेता पनि लगत कट्टा नगरेको तथा MIS मा ईन्ट्री नभएकाहरुलाई भत्ता वितरण गरेको पाईएको हुँदा दोस्रो चौमासिक वापतको भत्ता रकम वितरण गर्दा MIS मा ईन्ट्री भएकाहरुमध्ये माथिका कुराहरुलाई समेत मनन गरि भत्ता वितरण कार्य गर्न हुन र ःक्ष्क् मा ईन्ट्री कार्यलाई समयमा नै अपडेट गर्न हुन साथै, सो कुराको सम्पुर्ण जिम्मेवारी सम्बन्धित वडा कार्यालय नै हुने व्यहोरा अनुरोध छ ।

सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बु ।