सोलुदुधकुण्ड नगरपालिकाले २३ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस, २०८२ उत्साहजनक र भव्य रूपमा मनाएको छ।
सोलुदुधकुण्ड नगरपालिका प्रमुख श्री नाम्गेल जाङबु शेर्पाले देशभरका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाप्रति सम्मान व्यक्त गर्दै समुदायस्तरमा स्वास्थ्य सेवा प्रवद्र्धनमा उनीहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो।
उप प्रमुख श्री गान्धी माया तामाङले स्वयंसेविकालाई शुभकामना दिँदै उनीहरूको क्षमता अभिवृद्धि तथा प्रोत्साहनका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
दिवसमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको सहभागिता रहेको थियो। उत्कृष्ट सेवा पुर्याउने स्वयंसेविकालाई सम्मान गरिनुका साथै समुदायमा स्वास्थ्य सचेतना बढाउने विषयमा छलफल गरिएको थियो।