FAQs Complain Problems

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको
    सूचना फाराम (भरेको हुनुपर्ने)
  • आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
  • आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको
    सिफारिस
  • आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
  • वडाको किटानी सिफारिस
  • दस्तुर न.पा.को नियमानुसार
  • माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२
    अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ